अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

कास्कीका ९ र स्याङजाका ५ सहित गण्डकी प्रदेशमा २४ जनाको कोरोना संक्रमणबाट निधन

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:२३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा कास्कीका ९ जना र स्याङ्जाका ५ जनासहित गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । प्रदेशका ९ जिल्लाका २४ जना संक्रमितहरुको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ५ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, म्याग्दी १ जना, नवलपुर पूर्वका १ जना, पर्वतका ३ जना, लमजुङका १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू