अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ५४ अंकले उकालो लाग्यो

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:१२ मा प्रकाशित

साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको नयाँ रेकर्ड कायम भएको छ । उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुगेको हो ।निषेधाज्ञाका कारण आर्थिक गतिविधि शून्य प्रायः भएका बेला कारोबार पनि उच्च साढे १० अर्ब हाराहारी पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा हरिलायी छायो ।

निर्जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ८४ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि ५ सय २८ अंक, अनि विकास बैंक समुह १ सय १२ अंकले उकालो लाग्यो ।यस्तै लघुवित्त समुह, वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र उत्पादनमुलक समुहमा पनि दोहोरो अंकको सुधार आयो ।

यसदिन १ सय ४६ कम्पनीको शेयर मुल्य बढ्दा ३२ कम्पनीको शेयर मुल्य घट्यो । यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा युनियन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे । यसदिन २ सय १३ कम्पनीको २ करोड १३ लाख कित्ता शेयर १० अर्ब ४० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू