अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

संसदीय प्रक्रियाबाटै बजेट आउँछ – प्रधानमन्त्री

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताउनुभएको छ ।सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले प्रक्रियाबाट नै बजेट आउने बताउनुभएको हो ।आइतबार सिंहदरबारमा बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री ओलीले संसद् जिउँदै रहेकोले प्रक्रियाबाट नै बजेट आउने बताउनुभएको हो ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । तर बजेट प्रस्तुत गर्ने दिन घर्किदै जाँदा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताउनुभएको हो ।तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छैन । यस्तै जेठ १५ गतेअगाडि नै राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने व्यवस्था छ ।

यसबीचमा वैशाख ३० गते ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू