अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०० मा प्रकाशित

वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो । गएको १६ गते देहरादुनबाट काठमाडौं आउनुएका उहाँलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिए पनि कोरोना भाइरसबाट पनि संक्रमित भएपछि एक हप्तादेखि उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।

गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका उहाँको गीत निकै चर्चित रहेका छन् । विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएका उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू