अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

एमाले विवाद– जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न कार्यदल गठन

बिआरटीनेपाल २०७८ जेठ २ गते ६:५६ मा प्रकाशित

२०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न नेकपा एमालेमा दुवै पक्ष सम्मिलित कार्यदल बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले दुवै पक्ष सम्मिलित कार्यदल बनाएको हो ।कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै माधव नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरू सबै कुरा टुङ्गो लगाउनका लागि वार्ता टोली बनाइएको अध्यक्ष ओलीसँगको छलफलपछि नेता नेपालले जानकारी दिनुभयो । गएको शुक्रवार ओली र नेपाल पक्षका नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।

यसअघि जेठ २ गते नफर्कने भए सामूहिक राजीनामा दिने खनाल–नेपाल समूहले तयारी गरेपछि अध्यक्ष ओली जेठ २ गते फर्कन तयार हुनुभएको थियो । त्यही सहमति कार्यान्वयनका लागि आज कार्यदल बनेको हो । कार्यदलका लागि तीन दिनभित्र प्रतिवेदन तयार गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू