अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

नेपालकै मौलिक एप ‘थोप्ला’ सार्वजनिक

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:४२ मा प्रकाशित

नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ ।चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला केही दिन अघि सार्वजनिक गरिएको हो । तर हालका लागि यो एपको बेटा भर्सन मात्र सार्वजनिक भएको छ ।

एलको कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् थोप्ला नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको हो । यस एपमा १५ सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने कम्पनीका प्रबन्ध निर्देशक उज्वल खनालले बताउनुभयो । कम्पनीका अनुसार प्रयोगकर्ताको डाटा सुरक्षामा समेत विशेष ध्यान दिइएको यो एप मनोरञ्जक हुनुका साथै प्रयोग गर्न समेत सहज रहेको ।

पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताउनुभयो । थोप्ला एपको धेरै विशेषता टिकटकसँग मेल खाने खालको रहेको छ । तर आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको खनालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू