अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

त्रुटीपूर्ण शपथको अभियोगमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि कारबाही गर्न माग

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनीयताको शपथ त्रुटिपूर्ण भएको भन्दै सर्वत्र आवाज उठ्न थालेको छ ।त्रुटिपूर्ण शपथलाई सच्याउन फेरि शपथ लिनुपर्ने धेरैको भनाइ छ । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्यविरूद्धको अपराध गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत आचार्यले तत्काल संसदको विशेष अधिवेशन आह्वान गरी राष्ट्रपति र प्रधानमन्त्रीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्यविरूद्धको अपराध रहेको आचार्यको जिकिर छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुनः शपथ लिनु उपयुक्त हुने बताउनुभएको छ । उहाँले यसबारेमा राष्ट्रपतिको समेत ध्यानकार्षण गराउनुभएको छ । शुक्रबार शीतल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न अस्वीकार गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू