अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

इजराइल र प्यालेस्टाइनको भिडन्त जारी , भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुग्यो

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३८ मा प्रकाशित

इजराइल र प्यालेस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार देखि पश्चिम किनारामा सुरु भएको भिडन्त रोकिएको छैन । हिजो मात्रै इजराइली सेनाको कारबाहीका कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ । पश्चिम किनारामा इजराइलले अनाधिकृत रुपमा हडपेको वस्तीहरुमा लगातार भिडन्त भइरहेको छ ।

इजराईलले विद्रोही समुह भन्दै आएको हमासका लडाकुहरुले गाजा क्षेत्रबाट इजरेली भूमिमा लगातार रकेट हमला गरिरहेका छन् । तर अधिकांश रकेटलाई इजरेलले आकाशमै ध्वस्त बनाईरहेको छ । प्रतिउत्तरमा इजरेली सेनाले पश्चिम किनारा र गाजा पट्टीमा लगातार हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । अपुष्ट खबरहरुका अनुसार इजरेली सेनाको आक्रमणमा हालसम्म १ सय २६ प्यालेस्टीनी मारिएका छन्भने प्यालेस्टाइनी आक्रमणमा इजरेलका ८ सैनिकले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू