अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

सरकारद्धारा ११ देशका लागि राजदूत सिफारिस

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३३ मा प्रकाशित

सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको स्रोतले जानकारी दिएको छ। सरकारले नयाँ सरकार गठन हुनुअगावै नयाँ राजदूतहरुको सूची सिफारिस गरेको एक मन्त्रीले जनाएका छन् ।

सिफारिस गरिएका राजदूतहरुमा अष्ट्रियाका लागि निर्मलराज काफ्ले, ईजिप्टमा जीवनप्रकाश श्रेष्ठ, श्रीलंकामा रमेशचन्द्र पौडेल, दक्षिण कोरियामा कृष्णचन्द्र शर्मा रहनुभएको छ । यसैगरी, अष्ट्रेलियामा सुम्निमा तुलाधर, रुसमा जंगबहादुर चौहान, म्यानमारमा नारायणप्रसाद संग्रौलालाई सिफारिस गरिएको छ ।

बहराइनका लागि युवराज कार्की, कुलप्रसाद नेपाललाई ब्राजिल, सुमित्रा सुवेदीलाई डेनमार्क र मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूतमा सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू