अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

नेपाललाई आपतकालीन सहयोग आवश्यक–डब्ल्यूएचओ

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:२९ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको जनाएको छ ।डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एडहानोमले शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताउनुभएको हो ।

नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले पनि बढ्दो संक्रमण र उपचारको सामना गरिरहेको उल्लेख गर्दै उहाँले ती देशहरुलाई पनि आपतकालनि सहयोगको आवश्यकता रहेको बताउनुभयो । एडहानोमले ती मुलुकहरुमा खोपको आपूर्ति सबैभन्दा ठूलो समस्याको रुपमा रहेको समेत बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले गत हप्ता खोप उत्पादक र नेताहरुले उत्पादन क्षमता बढाउन काम गरिरहेकामा खुशी समेत ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू