अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

अमेरिकामा कोरोनाको खोप लगाएकाले मास्क लगाउनु नपर्ने

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:२३ मा प्रकाशित

अमेरिकामा पुर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ ।राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो ।

ह्वाइट हाउसस्थित आफनो ओभल अफिसमा आयोजित समारोहमा विपक्षी रिपब्लीकन सांसदहरुको साथमा आफुले लगाएको मास्क खोल्दै बाईडेनले यस्तो जानकारी गराउनुभएको हो ।

पछिल्लो निर्णयसँगै अमेरिकामा कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझैपनि बढि भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतका स्थलमा भने मास्कलाई अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू