अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

लिगामा रियाल मड्रिड र भियारियाल विजयी

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:२२ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् ।उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले हरायो ।रियालको जितमा लुका मोड्रिच, रोड्रिगो, करिम बेन्जमा र ओड्रियोजोलाले एक एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले ला लिगा फुटबलको उपाधि संभावना जिवित राखेको छ ।जारी लिगमा दुई खेल बाँकी छँदा रियाल मड्रिडको ७८ अंक छ । ८० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ ।

ला लिगामै गएराति भएको अर्को खेलमा भियारियालले रियाल भालाडोलिडलाई २–० ले हराउँदा आइबार र रियाल बेटिसले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू