अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

नेपालमा थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण, एकै दिन ६ हजारभन्दा धेरै डिस्चार्ज

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:११ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ छ ।

त्यस्तै कोरोना सङ्क्रमणबाट थप २ सय ३ जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू