अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

देउवा–प्रचण्ड–यादव दिर्घकालिन विपक्षी गठवन्धन बनाउन सहमत

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:१० मा प्रकाशित

विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दिर्घकालिन हिसावले सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए । बैठकमा गठवन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको बैठकपछि नेता वर्षमान पुनले जानकारी दिनुभयो । तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए । उनिहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठवन्धनले बहुमत जुटाउन सकेको थिए । जसपाका राजेन्द्र महतो र महन्थ ठाकुरले समेत आफ्नो पक्षका सांसदहरु नयाँ सरकार बनाउन तयार नहुने बताउदै भक्तपुरको रिसोर्टमा पुर्याएका थिए ।

त्यसपछि विपक्षी दललाई बहुमतको गठवन्धन सरकार बनाउन झण्डै एक दर्जन मत नपुगेको हो । सरकारी गठवन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठवन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू