अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

६० प्रतिशत छायाङ्कन सकेर प्रेम गन्ज टिम काठमाण्डौमा

बिआरटीनेपाल २०७८ वैशाख ३० गते २०:३७ मा प्रकाशित

चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डितको मुर्हुत सटबाट छायाङ्कन सुरु गरेको चलचित्र प्रेम गन्जको छायांकनयुनिटग्रामिण क्षेत्रको छयांकन पुरा गरी काठमाडौँ फर्किएको छ ।

काभ्रेको कात्तिके देउरालीमा वैशाख ०७ गते देखि २७ गते सम्मचलचित्रछयांकनगरि सम्पूर्ण युनिटकाठमाण्डौ फर्किएको हो । हाल सम्म चलचित्रको ६० प्रतिशतछायांकन सकिएको छ भने बाँकी ४० प्रतिशतछयांकन कोरोना महामारीको प्रभावकमभई निषेधाज्ञाहटे पश्चातकाठमाण्डौमागरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मि भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसााईली, गीता विष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का,अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्र निमार्णमा कुनै कन्जुस्याइँ नगरी अत्याधुनिक प्रविधिहरू मार्फत चलचित्र खिचिएको छायाकार सञ्जय लामाले बताए ।

चलचित्र चौतारीको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभूति दिलाउनेमा विश्वस्त रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

प्रतिक्रिया