अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

“कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने”– राष्ट्रसंघ प्रमुख गुटेरस

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:०८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेको र यस्तो अवस्थामा खोप उत्पादन दोब्बरले बढाउनुको बिकल्प नभएको उहाँको भनाइ छ ।

विशेषगरी भारत लगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका मुलुकले खोप अभावको सामना गरिरहनु परेको छ । यद्यपि अहिले विश्वका केही धनी मुलुकले भने आफ्ना अधिकांश मानिसहरुलाई कोरोना खोप लगाइसकेका छन् । विकसित मुलुकले आफ्ना अधिकांश नागरिकलाई कोरोना खोप लगाइरहँदा धेरै विकासशील मुलुकका नागरिकले एक डोज खोप पनि नपाउने हुनु पूर्णरुपमा अस्वीकार्य रहेको गुटेरसले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू