अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

कोरोना संक्रमणबाट थप २ सय १४ जनाको ज्यान गयो, पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:०२ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी २ सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ५५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ । अहिले नेपालमा १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू