अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

एनआरएन मध्यपूर्वले नेपालमा ६ सय अक्सिजन सिलिन्डर पठाउँदै

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ८:३६ मा प्रकाशित

एनआरएनए मध्यपुर्वले नेपाललाई ६ सय अक्सिजन सिलिण्डर पठाउँने भएको छ । कोरोनाका कारण नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि मध्यपूर्वमा रहेका नेपालीहरूले ६ सय अक्सिजन सिलिन्डर सहयोग स्वरूप नेपाल पठाउने अभियानका संयोजक तथा एनआरएन आइसिसी सचिव आरके शर्माले जानकारी दिनुभएको छ । गैर आवासीय नेपाली सङ्घ मध्यपूर्वले नेपाली राजदूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय अक्सिजन सिलिन्डर यही हप्ताभित्र नेपाल पठाउन लागेको शर्माले जानकारी दिनुभयो ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, सङ्घसंस्था तथा सहयोगी हातहरूबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिन्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले बताउनुभयो । ओमानमा सिलिन्डर खरिदका लागि प्रक्रिया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरी रहेको एनआरएनका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू