अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ८:१२ मा प्रकाशित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो ।

यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो । दोस्रो स्थानको युनाईटेड भन्दा १० अंक माथि रहेको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ । युनाईटेडको ७० अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू