अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

एकैदिन ८० जना आरोही सगरमाथा शिखरमा

बिआरटीनेपाल २०७८ वैशाख २८ गते ८:२७ मा प्रकाशित

एकैदिन ८० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।मंगलबार मात्र करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।हराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली मंगलवार बिहान ६ः४० बजेको समयमा सगरमाथाको शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुगेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिएको बताउदै अधिकृत आचार्यले त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान रहेको जानकारी दिनुभयो । वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमती लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू