अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ वैशाख २६ गते २२:०५ मा प्रकाशित

कोलोराडो राज्यको कोलोराडो स्पृङ शहरमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ ।

एक जना बन्दुकधारीले गत सनिबार राती  १२:१५ तिर अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको र उनले आफूलाई पनि गोली हानेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन ।

यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू