अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५
| Colorodo: 17:00
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।लिगको उपाधि जित्ने संघारमा रहेको सिटीसँग चेल्सी पराजित भएपछि सिटीलाई उपाधि जित्न केही समय कुर्नुपर्ने भएको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको सुरुवाती एक गोलको अग्रतालाई उल्टाएर चेल्सीले जित निकालेको हो ।चेल्सीको जितका लागि हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । यस्तै सिटीका लागि रहिम स्ट्रर्लिङले एक गोल फर्काए ।
जितसँगे चेल्सीले ३५ खेलमा ६४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।उपाधि नजिक रहेको सिटी ८० अंकका साथ शीर्ष स्थानमा रहेको छ । सिटीलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको छ ।