अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ३ जनाको हत्या

बिआरटीनेपाल २०७८ वैशाख २६ गते ८:४२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन् ।

घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक र घाइते विद्यार्थी नेपालको संखुवासभा जिल्ला निवासी भएको बताइएको छ । यद्यपी उनीहरुको परिचय खुलेको छैन ।

६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । मृतक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी पनि मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू