अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

मन्त्रीपरिषद् बैठक– वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:४५ मा प्रकाशित

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । अस्पताल ५०० शय्याबाट सुरु गरी पछि विस्तार हुने उहाले जानकारी दिनुुभयो । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरुको कमान्ड गर्ने ज्ञवालीले बताउनुभयो । यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू