अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

हावाको माध्यमबाट पनि काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३७ मा प्रकाशित

अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको हो । स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने सीडीसीको निर्देशिकामा भनिएको छ ।

सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी समेत दिएको छ । भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू