अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

कास्की प्रहरीद्वारा प्रशासनलाई १८७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३२ मा प्रकाशित

पोखराका अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस् भनेर प्रहरीले सिलिण्डरहरु संकलन गरेर हस्तान्तरण गरेको छ ।कास्की जिल्लाका विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी संकलन गरिएको छ । कास्की प्रहरी र मातहतका प्रहरी कार्यालय समेतबाट संकलन गरी हाललाई कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू