अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न चिकित्सक संघको सरकारसँग माग

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३१ मा प्रकाशित

नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाकोे सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

नेपाल चिकित्सक संघले हाल कोभिड–१९ महामारीको उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको, बिरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजनको अभावका कारण बिरामीहरुलाई बेडबाट खाली गर्नु पर्ने अवस्था आएको भनि सूचना प्रेषित गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस गम्भीर अवस्थामा उपचारमा खटिएका अस्पतालहरुलाई अक्सिजनको सहज उपलब्धता गराई अक्सिजन र अक्सिजन सिलिण्डर अभाव नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसंग जोडदार माग गर्दछ’, संघले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू