अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको भन्दै माओवादी केन्द्रले बैठक स्थगित गर्न माग गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बोलाइएको बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग आग्रहसमेत गर्नुभएको छ ।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने मनसायले परिषद्को बैठक आह्वान गरिएको अध्यक्ष प्रचण्डको आरोप छ । उहाँले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको आरोपसमेत लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू