अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय, अरु दललाई पनि विपक्षमा उभिन आग्रह

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो ।

सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । ’ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको बताईएको छ । संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।

ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयतातमा कमिसन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ । सरकारलाई जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गराउने कांग्रेसले निर्णय गरेको छ ।

बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र परिषद्को बैठकबारे छलफल भएको थियो । बैठकले प्रमुख प्रतिपक्ष दलको नेता बैठकमा नजाने र अरुलाई पनि उक्त परिषद्को बैठकमा सहभागी नहुन आग्रह गर्ने निर्णय समेत गरेको छ । बैठकमा अविश्वासको प्रस्तावबारे पनि छलफल भएको तर अहिलेलाई विश्वासको मत लिने प्रधानमन्त्रीले तयारी गरेकाले त्यसलाई असफल पार्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू