अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, सरकारले विश्व समुदायसँग सहयोग माग्यो

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:२० मा प्रकाशित

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले रोकथामा तथा नियन्त्रणका लागि विश्व समुदायसँग अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीएनएन इन्टरनेशनलाई अन्तर्वार्ता दिँदै महामारी नियन्त्रणमा सघाउन विश्व समुदयालाई अपिल गरेको उहाँका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको अन्तर्वार्ताबारे थापाले ट्वीटरमा लेख्नुभएको छ , ’विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन अपिल पनि गर्नुभएको छ ।’ यसअघि सरकारले राष्ट्रसंघसँग सहयोगको अपिल गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीलाई कोभ्याक्सअन्तर्गतको कोभिडविरुद्धको खोप छिट्टै उपलब्ध गराउन र अन्य सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

आवासीय संयोजक न्यान्तीसँगको फोन संवादमा उपप्रधानमन्त्री पोखरेलले भाइरसको संक्रमण रोक्ने विकल्प खोप भएकाले यथासक्य उपलब्ध गराउन आग्रह गनुृभएको थियो । ‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू