अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

एनआरएन कोलोराडो च्याप्टरको २०२१–२०२३ को कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार कुमार जंग कार्की समूहको प्रतिवद्धतापत्र

बिआरटीनेपाल २०७८ वैशाख २४ गते १०:०७ मा प्रकाशित

“एक पटकको नेपाली संधैको नेपाली”

एनआरएन कोलोराडो च्याप्टरको २०२१–२०२३ को कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार कुमार जंग कार्की समूहको प्रतिवद्धता पत्र

आदरणीय कोलोराडोवासी नेपाली अग्रज, बुवा आमा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक अपिल:
एनआरएन कोलोराडो च्याप्टरको आगामी कार्यकाल २०२१–२०२३ को लागि हुनगइरहेको आसन्न निर्वाचनको निम्ति हाम्रो अनि राम्रो, समावेशी, जुझारु, अनुभवी, परिपक्व, युवाहरूसहितको सन्तुलित टिम हजुरहरूको सेवाको निम्ति तम्तयार छ । एनआरएन कोलोराडो च्याप्टरलाई अझ सशक्त, पारदर्शी, परिणाममुखी बनाउन समाजसेवी, सञ्चारकर्मी, कलाकारहरू सम्मिलित स्वतःस्फूर्त होनहार, समाजसेवी महिला, युवा, अनुभवीहरू रहेको हाम्रो समूहलाई अमूल्य मत दिई विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

हाम्रो समूहको प्रतिवद्धताहरु यस प्रकार रहेका छन् :
१) कोलोराडोस्थित विभिन्न नेपाली संघसस्थाहरुसंग समन्वय, सहकार्य एवं सम्बन्ध विस्तार गर्नेछौँ ।
२) कोलोराडोमा निर्माण हुने सामुदायिक भवन निर्माणमा एनआरएनको वचनबद्ध सहयोग सुनिश्चित गर्न आवश्यक भूमिका निर्वाह गनेर्छौं ।
३) एनआरएन अमेरिकाको विधानको अधीनमा रही संस्थाको उद्देश्य पूरा गर्नका निम्ति तत्पर रहने छौँ ।
४) कोलोराडोस्थित समाजका अगुवा, बुद्धिजीवी, व्यापार व्यवसायमा संलग्न व्यक्तिहरूसँग नियमित सल्लाह तथा सुझाव लिनेछौँ ।
५) नेपालबाट पाल्नुहुने नेपाली दाजुभाइ, दिदीबहिनीहरूको लागि सुरुका दिनमा बसोबासको व्यवस्था, रोजगारीका लागि एवं अन्य आवश्यक आधारभूत पक्षमा सहयोग गर्नेछौँ ।

६) नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको जगेर्ना गर्ने छौँ (नेपाली पाठशाला अरोरा, हिमालयन लायन्स क्लब लंगमन्ट) लाई आवश्यक सहयोग गर्नुको साथै अन्य स्थानमा समेत नेपाली पाठशाला सञ्चालनको लागि आवश्यक पहल गर्नेछौँ ।

७) एनसीसीसंग प्रभावकारी र समन्वयकारी भूमिका निर्वाह गर्दै हेल्प डेस्कलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेछौँ ।
८) एनआरएन कोलोराडो च्याप्टरका गतिविधि एवं कोष पारदर्शितामा विशेष जोड दिनेछौँ ।
९) कोलोराडोमा एनआरएनको सदस्य सङ्ख्या वृद्धिका लागि सक्रिय पहल गर्ने छौँ ।
१०) राज्यका विभिन्न निकायसँग सहकार्य, समन्वय एवं सम्बन्ध विस्तार गरी कार्यक्रमहरू सञ्चालन गर्नेछौँ ।
११) युवा तथा महिलाहरूको सशक्तीकरण र नेतृत्व विकासमा विशेष पहल गर्नेछौँ ।
१२) अमेरिकास्थित नेपाली राजदुतावाससंग समन्वय गरी कोलोराडोमा घुम्ती सेवा सञ्चालन गर्ने ।
१३) कोलोराडोमा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्नेछौँ ।
१४) सवारी चालक अनुमति पत्र प्राप्तका लागि नेपाली भाषामा परीक्षा दिन पाउने व्यवस्था गर्न कोलोराडो राज्य सरकारसँग आवश्यक पहल गर्नेछौँ ।

प्रतिक्रिया