अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

कोरोना खोपलाई वौद्धिक सम्पत्तिको दायरामा नराख्ने अमेरिकी प्रस्तावमा जर्मनी असहमत

बिआरटीनेपाल २०७८ वैशाख २४ गते ७:५२ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोपलाई वौद्धिक सम्पती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले विरोध गरेको छ । खोपलाई वौद्धिक सम्पती अधिकारको दायरामा नराख्ने प्रस्तावमा अमेरिकाले आफ्नो समर्थन रहने जनाएको थियो ।तर जर्मनीले भने वौद्धिक सम्पती अधिकार अन्वेषण वा वैज्ञानिक खोजीको स्रोत रहेकाले त्यो कायम रहनु पर्ने मत राखेको छ । युरोपियन युनियनले भने यसबारे वार्ता गर्न तयार रहेको यसअघि नै बताएको थियो ।

विश्व व्यापार संगठनले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि वौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको छ । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएपछि जर्मनीले विरोध गरेको हो ।भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ । तर औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शंका रहेको बताएका छन् ।

भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपलाई वौद्धिक सम्पती अधिकार मुक्त बनाएर सबैलाई उत्पादन अधिकार दिनुपर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । खोपको वौद्धिक सम्पती अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने सो पक्षधरको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू