अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

नेपालमा गत २४ घण्टायता ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण , ५० जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ वैशाख २४ गते ७:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ४ सय ८२ नमुना परीक्षण गर्दा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) ९ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

नेपालमा दिनदिनै ठूलो संख्यामा सङ्क्रमित थपिएसँगै अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप ५० कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । गत २४ घण्टामा २ हजार ९ सय ५ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू