अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता – ओलीविरुद्धको रणनीतिमा छलफल

बिआरटीनेपाल २०७८ वैशाख २४ गते ७:४१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठ भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताईएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि पछिल्ला दिन मुलुकमा राजनीतिक सरगर्मी बढेको छ । विभिन्न पार्टिका नेता कार्यकर्ताहरूले सक्रियता बढाएका छन् । यसअघि हिजो साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू