अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७८ वैशाख २४ गते ७:४० मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज थापाले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता गराउनु भएको हो । थापाको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल रहनुभएको छ भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थकमा हुनुहुन्छ ।

त्यसैगरि, वाग्मती प्रदेश अन्तर्गत आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उप निर्वाचनका लागि डा. खिमलाल देवकोटाको पनि उमेदवारी दर्ता भएको छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपाका तर्फबाट साझा उमेदवार हुनुहुन्छ । तर उहाँले स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गराएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरि नेपाल मजदुर किसान पार्टीले वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ । तामाङलाई उमेदवार बनाउने निर्णय भएको नेमकिपाले जनाएको छ । माओवादीले थापालाइ कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू