अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति मोहम्मद नाशिद घाइते

बिआरटीनेपाल २०७८ वैशाख २३ गते १९:३० मा प्रकाशित

मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते हुनुभएको छ । उहाँको एक अस्पतालमा उपचार भइरहेको छ ।मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ नसिदको कार नजिकै विष्फोट भएको थियो ।

प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू