अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

बिआरटीनेपाल २०७८ वैशाख २३ गते १९:१८ मा प्रकाशित

म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।

युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक  प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो । युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू