अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ वैशाख २३ गते ८:०६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ । अहिले देशभर ७२ हजार ५ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू