अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिआरटीनेपाल २०७८ वैशाख २३ गते ८:०४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो । संसद बैठक वैशाख २७ गतेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि संसद अधिवेशन बोलाइएको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ । साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ । यसबारे छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ । संसदमा कांग्रेसका ६१ सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू