अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

असार १७ पछि कतारमा पुरानो संस्करणको नोट नचल्ने, सटही वा उपयोग गर्न दूतावासको आग्रह

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:३४ मा प्रकाशित

कतारमा आउँदो असार १७ गतेपछि पुरानो संस्करणको कतारी नोट नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि चल्ने छैन ।

पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात् आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू