अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:३० मा प्रकाशित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना हुनुभएको छ । मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उहाँको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो।

संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहेका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उहाँको छातीमा संक्रमण देखिएको चिकित्सकले बताएका थिए । ८ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार आएर श्रेष्ठ वैशाख १७ गते शुक्रबार घर फर्कनुभएको थियो ।

अस्पतालबाट फर्केर सामाजिक सञ्जालमा भिडियो सन्देश पठाउनुभएका श्रेष्ठलाई केही दिनमै श्वास फेर्न असहज भएको छोरा एमन श्रेष्ठले बताउनुभयो ।उहाका अनुसार श्रेष्ठको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। त्यसैले उहाँलाई फेरि अस्पताल लगिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू