अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

भारतमा पछिल्लो दुईदिन यता संक्रमितको संख्यामा कमी

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:२८ मा प्रकाशित

कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको छ ।गत मे १ मा चार लाख संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको छ ।यस्तै थप तीन हजार ७८० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोना कारण दुई लाख २६ हजार १८८ जनाको मृत्यु भएको छ ।संक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजार छ । पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार संक्रमणमुक्त भएका छन् ।योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ ।

नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७५२ जनाको मृत्यु भैसकेको छ ।भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको थियो ।संक्रमितको दैनिक मृत्यु बढेसँगै खोप अभियानलाई पनि तिब्र दिइएको छ ।हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।यता कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ । नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड–१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति अझै सहज हुन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू