अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन हुने

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:२५ मा प्रकाशित

लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप निर्वाचनको मिति तय भएको छ ।माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा निर्वाचन आयोगले १७ गते उप निर्वाचन गर्ने भएको हो ।

वागमती प्रदेशमा रामबहादुर थापा बादलको ठाउँमा जेठ ६ गते उप निर्वाचन हुँदैछ । संविधानअनुसार राष्ट्रियसभा सदस्य पद रिक्त भएको ३५ दिनभित्रै उप निर्वाचन गरिसक्नुपर्ने भएकाले जेठ १७ मा लुम्बिनीमा उप चुनावको मिति तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू