अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

प्रिमियर लिग– म्यान्चेस्टर सिटी पहिलो पटक फाईनलमा

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:१० मा प्रकाशित

इंग्लीश क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाईनलमा पुगेको हो ।यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भएको थियो । गएरातिको खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे ।

जारी सिजनको इंग्लीश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाईनलमा पुर्याएका हुन् । म्यान सिटीले अब फाईनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाईनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया