अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्री नियुक्त

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:०९ मा प्रकाशित

भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्नुभएको छ । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी प्रमुख बेनर्जीले आज कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिनुभयो । कोरोना भाइरस महामारीका कारण उहाँको सपथमा एकदमै थोरै मानिसमात्र सहभागी थिए ।

गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा पार्टीलाई भव्य रूपमा जिताए पनि बेनर्जी आफ्नो निर्वाचन क्षेत्रमा भने पराजित हुनुभएको थियो । नन्दीग्राम चुनाव क्षेत्रमा बेनर्जी आफ्नै क्याबिनेटका पूर्वमन्त्री शुभेन्दु अधिकारीसँग पराजित हुनुभएको थियो । चुनाव हारे पनि बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्नुभएको हो । अब उहाँ ६ महिनाभित्र हुने उपनिर्वाचनमा विजयी हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू