अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाल उत्कृष्ट निर्देशक

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ९:११ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथिले जितेको छ ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताएका छन् । । अवार्ड विजेताहरूलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रवीन्द्र खड्का, रमेश बुढाथोकी, नबल खड्कालगायतले एक समारोहबिच अवार्ड प्रदान गरेका थिए ।

सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र नशाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धूर्त काजीबाट हासिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नव नायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रबदत्तले चलचित्र चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हासिल गरे । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट प्राप्त गरे ।

अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमिर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू