अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०३ मा प्रकाशित

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले दुई वर्ष कार्यकाल बाँकी छँदै दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । दाहाल तत्कालीन नेकपाको अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट राजदूत नियुक्त हुनुभएको थियो ।

सरकारले २०७६ को असोजमा दाहाललाई अष्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो। नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले धमाधम फिर्ता बोलाउन थालेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू