अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

बुर्किना फासोको कोडेल गाउँमा बन्दुकधारीको आक्रमण, ३० जनाको हत्या

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ८:०१ मा प्रकाशित

अफ्रिकी मुलुक बुर्किना फासोको एक गाउँमा हतियारधारी समूहले ३० जनाको हत्या गरेको छ । कोमन्दजारी राज्यको कोडेल गाउँमा प्रवेश गरेका बन्दुधारीहरूको आक्रमणमा परी ३० जनाको मृत्यु भएको हो ।

बिहान अधिकांश मानिसहरू घरमै रहेको अवस्थामा आक्रमण हुँदा गाउँलेबीच भागदौड मच्चिएको थियो । घटनामा २० भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी समूहले गाउँका अधिकांश घरमा आगो लगाई ध्वस्त बनाएका छन् ।

अफ्रिकी मुलुक नाइजर र मालीमा इस्लामिक अतिबादी समूह आईएसले लगातार रूपमा आक्रमण गर्ने गरेकोमा बुर्कुना फासोकोे घटनामा पनि आईएसकै संलग्नता भएको शंका गरिएको छ । यद्यपि घटनाको जिम्मेवारी कसैले लिएको छैन । मारिनेमा अधिकांश महिला र बालबालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू