अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

प्रिमियर लिग– वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:५७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ ।यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आशा जीवितै राखेको छ ।अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका थिए । उनले २१ र २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । उसका लागि १९ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए ।जितपछि पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ । गएराति नै भएको अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया