अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ करोड नाघ्यो

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:५६ मा प्रकाशित

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा तीन हजार ४ सय ४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । आज दिउसो सम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हाल सम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरस विरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । १८ वर्ष माथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू